Wednesday, January 16, 2019

माघे संक्रान्ति रिडि मेलामा एक खुट्टाले नाँच्ने रोमा न्यौपाने को धमाका - One Leg Dancer Dhamaka In Ridi Mela


One Leg Dancer Roma Neupane - Babal Stage Cover Dance in Maghe Sakranti ridi mela
एउटा खुट्टा हिड्न त सकिदैन तर रोमा यसरी छमछमी नाँच्दा मेहनत गरे असम्भव केहि छैन भन्ने सावित हुन्छ ।

माघे संक्रान्ति रिडि मेलामा एक खुट्टाले नाँच्ने रोमा न्यौपाने को नाँच देखेर जो कोही पनि अचम्म पर्छन । दुइओटौ खुट्टा सवल हुने पनि यति राम्रो डान्स गर्न मुस्किल हुन्छ ।


चर्चित नेपाली चेली One Leg Dancer Roma Neupane को सम्मान स्वरुप यो भिडियो हेरी एक सेयर गर्न नभुल्नुहोला । भिडियो हेर्नको लागी तलको लिङ्कमा क्लिक गर्नुहोला । 

Tuesday, January 15, 2019

Maghe Sakranti Mela Gulmi Ridi - गुल्मीको रिडीमा माघे संक्रान्ती मेला मेलामा श्रद्धालु भक्तजनको घुइँचो ।

गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल गुल्मीको रिडीमा माघे संक्रान्ती मेला मेलामा श्रद्धालु भक्तजनको घुइँचो 
 गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल गुल्मीको रिडीमा माघे संक्रान्ती मेला लागेको छ । मेलामा श्रद्धालु भक्तजनको घुइँचो छ। माघे संक्रान्तिदेखि तीन दिनसम्म रिडीस्थित कालीगण्डकी नदीमा नुहाएर ऋषिकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । साथै देव ऋण, पितृ ऋण तिरिने र पाप नष्ट हुने बताइन्छ ।
रुरु क्षेत्र पनि भनिने रिडीमा प्राचिन समयमा देवऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । माघे संक्रान्तिको अवसरमा रिडीमा लाग्ने ठूलो मेला पाँच दिनसम्म चल्छ । मेलामा विशेषगरी कम्बल, राडी पाखी, बाँस तथा चोयाबाट निर्मित सामग्रीहरु, ओखरका घाँजी लगायतकाको राम्रो व्यापार हुने गर्दछ । रिडीमा बिभिन्न सामाग्री बिक्रीका लागि १ सय ३० वटा स्टल निर्माण गरिएको छ । मेलामा सांस्कृतिक कार्यक्रम पनि आयोजना हुन्छ ।
रुरुस्थित रुरु फ्रेण्ड क्लब, रुरु गाउँपालिकालगायत तीन जिल्लाका बिभिन्न संघ संस्थाले यस क्षेत्रमा लाग्ने मेलाको आयोजना तथा व्यवस्थित रुपमा कार्यक्रमहरु गर्दै आएका छन् । व्यापार तथा धार्मिक पर्यटनका लागि व्यापारीहरु रुकुम, रोल्पालगायतका ठाउँबाट रिडी आउने गर्दछन् ।
मन्दिर तथा मेला व्यवस्थापन समितिले टाढाटाढाबाट आउने दर्शनार्थीहरुका लागि निःशुल्क खानपानको व्यवस्था मिलाएको छ । ऐतिहासिक क्षेत्र रिडीमा माघे संक्रान्ती, एकादशी, साउने संक्रान्ती, कृष्ण अष्ठमीलगायतका पर्वहरुमा पनि मेला लाग्ने गर्दछ ।
माघे संक्रान्तिको अवसरमा गुल्मीका सेतीवेणी, रुद्रावेणी, लेक पोखरा, छापहिले, छल्दी लगायतका स्थानमा पनि मेला लाग्ने गर्दछ । पुरा भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोला।
माघे संक्रन्ति रिडी मेलाका केही तस्विरहरु










Monday, January 7, 2019

चर्चित गीत यानीमाया दुरुस्तै स्वरमा गाए गुल्मेली गायक Sanjaya Bc ले Resunga Music Group को Studio मा

Sanjaya Bc Live Voice गुल्मेली गायक संजय बि.सी का               गीतहरु साथमा सुपरहिट यानीमाया गीत




भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोला ।



रवि लामिछानेलाई खुल्ला मञ्चमा ल्याएर फासी दिइयोस - नायिका श्वेता खड्का

रवि लामिछानेलाई खुल्ला मञ्चमा ल्याएर फासी दिइयोस : नायिका श्वेता खड्का

आखिर किन भनिन त नायिका श्वेता खड्काले रवि लामिछानेलाइ यस्तो जान्नका लागी तलको भिडियो हेर्न नभुल्नुहोला 



Sunday, January 6, 2019

गायिका विष्णु माझी स्याङ्जा प्रहरी कार्यालयमा, ११ वर्षपछि भेटे बाबुले छोरी

चर्चित गायिका बिष्णु माझीले के भनिन त स्याङ्जा प्रहरी कार्यालयमा ? 


कान्तिपुरले माझी गुमनाम रहेको समाचार प्रकाशित गरेपछि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन्।

विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आइन्। एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए।‘सुन्दरमणिलाई बिहीबार फोन गरेको थिएँ’ एसपी लम्सालले भने, ‘विष्णुजी आउनुहुन्छ कि तपाईँले ल्याउनुहुन्छ? यदि तपाईँले नल्याए हामीले ल्याउनु पर्ने हुन्छ भनेको थिएँ। सुन्दरमणिले शुक्रबार र शनिबार व्यस्त भएकाले आइतबार आउने वचन दिएका थिए, आए।' कान्तिपुरले समाचारमा विष्णु गुमनाम रहेको र बाबुसँग पनि ११ वर्षदेखि भेट नभएको उल्लेख गरेको थियो। कतिपय सञ्चारमाध्यमले सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए।

विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए। सुन्दरमणिसँगै बसेका विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिने गरेको बताइएको छ।

त्यहाँ आउनुअघि नै मिडियासँग कुरा नगर्ने बताएकाले मिडियालाई भने छलफलमा सहभागी गराइएको थिएन। छलफलका क्रममा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताएका थिए। एसपी लम्सालले भने, ‘विष्णुजी त्यति खुल्नु भएन। गाउँले भाषामा नै केही थोरै जवाफ मात्र दिनुभयो। सुन्दरमणिले भने अन्तरजातीय विवाहमा छुटाउन खोजेकाले गुमनाम जस्तै हुनुपरेको बताउनुभयो।’

विदेश यात्रामा किन नगएको भन्ने प्रश्नमा सुन्दरमणिले विष्णुलाई मात्र विदेश यात्राको अफर आउने र आफूलाई पनि लैजाऊ भन्दा नलग्ने भएकाले नगएको बताएका थिए। 'कतिपयले त विष्णुलाई मात्र अमेरिका लैजान्छु भने, मैले विष्णुसँग म पनि जान खोजेँ। लैजाने भए दुवै जनालाई लैजाऊ भने तर, मलाई कसैले लैजान खोजेनन्। उनी सामान्य लेखपढ गरेकी केटी हुन्। बोल्न जान्दिनन्। लेख्न, पढ्न पनि जान्दिनन्। बाहिर फेस गर्न नसक्ने भएकाले म सँगै जान खोजेको थिएँ। र, एक्लै पठाइनँ’ सुन्दरमणिको भनाइउद्धृत गर्दै एसपी लम्सालले भने।
भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोला ।




Salko patko tapari huni-घम्सा घम्सी लाइभ दोहोरी।Dohori Hari Khatri Vs ishmarika Kc ,Ganesh Adhikari

Salko patko tapari huni-घम्सा घम्सी लाइभ दोहोरी
सिद्धार्थ डिजिटलका लागी रेसुङ्गा म्यजिक ग्रुपको प्रस्तुति Salko patko tapari huni-घम्सा घम्सी लाइभ दोहोरी।Dohori Hari Khatri Vs ishmarika Kc ,Ganesh Adhikari को लाइभ दोहोरी तपाइलाई यो दोहोरी कस्तो लाग्छ एकपटक हेरेर प्रतित्रिया जनाउन नभुल्नुहोला । थप अझै उत्कृष्ट लाइभ दोहोरी भिडियो हरु हेर्नको लागी YouTube मा गइ Siddhanrtha Digital सर्च गरि हेर्न नभुल्नुहोला यदि तपाइहरुलाइ हाम्रो कार्य तथा हाम्रा भिडियोहरु मन परे भने गर्न Subscribe नभुल्नुहोला ।रेसुङ्गा म्युजिक ग्रुपको स्टुडियोमा चर्चित गीत सालको पात टपरी हुनी बोलको गीतमा गुल्मेली कलाकारहरुको घम्सा घम्सी लाइभ दोहोरी ।
कलाकारहरु :-
Hari Katri ,Ishmarika Kc ,Ganesh Adhikari ,Laxmi Bohora ,Dhanendra Khatri
Harmoniyam :- Ganesh Adhikari ,Madal :- Biru muskan, Sarangi:- Db Resmi,Camera :- Govinda Basnet,Video editing :- Dhanendra Khatri,Studio :- Ruesunga Music Group
Contact :- Dhanendra Khatri 9847415460,9857075460 Teku Bc ,Biru muskan ,Yougesh Shrees


भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=J2hOZ6a8L6E

आहा !!! कस्तो राम्रो पन्चेबाजाको ताल उस्तै राम्रो नाँच गाउँघरको झल्को मेटाउने रमाइलो.... Nepali Local panchebaja dance video | गुल्मेलीहरुको...