Sunday, December 9, 2018

यसरी गरियो रेसुङ्गा म्युजिक गु्रप को उद्घाटन - Bima Kumari Dura - ले गाएको निकै पुरानो भाकामा- इस्मा दरबारकोट बोलको गीत गाए Dhanendra Khatri ले

  रेसुङ्गा म्युजिक गु्रप को उद्घाटन

       कला सस्कृतिको संरक्षण ,सम्मान नव प्रतिभाको पहिचान भन्ने मुल नाराका साथ कला गलाको संरक्षण तथा सम्मान गर्ने गायन,कमेडि, डान्स र बाद्यबादनको क्षेत्रमा कला भएका बिशेष प्रतिभाहरुलाई राष्ट्रिय स्तरमा पुर्याउन सघाउने उद्धेश्यले संचालित रेसुङ्गा म्युजिक गु्रप को उद्घाटन चर्चित लोक तथा दोहोरी गायक ÷सर्जक गणेश अधिकारी को हात बाट गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाहरुको प्रस्तुति रहेको थियो । कार्यक्रमा लाइभ दोहोरी ,एकल प्रस्तुति पनि थियो । यो टिममा धनेन्द्र खत्री,टेकु बि.सी., बिरु मुस्कान, योगेश श्रीसको सहकार्यमा खोलिएको हो । पहिलो दिनको यो पहलिो भिडियो । तपाइहरुलाई यो प्रयास कस्तो लाग्छ जस्तो लाग्छ । त्यस्तै कमेन्ट गर्नुहोला यो भिडियोमा इस्मा दरबारकोत र इस्मा मैदान सेरोफेरोका आकर्षक दृश्यहरु पनि समाबेश गरिएको छ एकपटक हेर्न नभुल्नुहोला ।
कार्यक्रमका केही तस्बिरहरु



Bima Kumari Dura - ले गाएको निकै पुरानो भाकामा- इस्मा दरबारकोट बोलको गीत...

Tuesday, December 4, 2018

Panchebaja Dance - Gulmeli Cheli Dance In Local Ismali Panchebaja

पन्चेबाजाको तालमा गीत गाउँदै नाच्दै गुल्मेली चेली 
        मंसिर को महिना लगनको महिना कति को घरबार जोडिने तथा कतिको तोडिने बेला बिशेष गरि बिबाह लगायत बिशेष कार्यक्रमहरुमा पनि बजाइने पन्चेबाजा जुन नेपाल कै बिशेष चिनारीको रुपमा रहेको हुन्छ । पन्चेबाजाको ताल मा नाच्नै नजान्नेलाई पनि नाँचौ - नाँचौ जस्तो लाग्छ । यो भिडियो पनि धेरै दर्शकहरुलाई मन पर्न सफल भिडिायो हो जुन भिडियो यो न्यूज तयार पार्ने बेलासम्म 372,858 जनाले हेर्नुभएको आकर्षक भिडियो तपाइहरु पनि हेर्न नभुल्नुहोला । भिडियो हेर्नको लागी तलको लिङकमा क्लिक गर्नुहोला ।
https://www.youtube.com/watch?v=AQW-Ye1BN4o


Danfe Jhai Naachne Himal jhai hasne


गुल्मी मालिका गा.पा.अर्जैमा मालिका गाउपालिका बासी चेलीले दिएको प्रस्तुति

डाँफे झै नाच्ने हिमाल झै हास्ने नेपालकाी छोरी हुम गीतमा उत्कृष्ट नाँच एकपटक सबैले हेरेर सेयर गर्न नभुल्नुहोला ।

New nepali Rocking Dance - Dangerous Dance - Boys Babal Dance in nepal Dance Nepal

                                     कति खतरनाक डान्स हेर्दै अचम्म अनि डरै लाग्ने । 


New nepali Live Lok dohori - Babal Stage Programe Live Dohori

Live Dohori -Gyanendra Adhikari Vs Aasha kc- आशालाई केटा खोज्दै अर्जैमा आएकी भनेपछि बबाल

Small Babay Dance Video - At Gulmi Tamghas

गुल्मीको तम्घासमा २०७५ सालको तिहार यसरी मनाइयो साना साना भाइ बहिनीहरु
देउसी भैलो यसरी नाँचेर रमाए । 

Gulmi Isma Maidan Dasai Saraya naach Video 2075

 इस्मा मैदानमा दशैको एकादशीका दिन परापूर्ब कालदेखी नै खेलिदै आएको ऐतिहासिक सराए नाँच 
गुल्मी जिल्ला इस्मा गाउ पालिका को इस्मा दरबार कोत को फेदमा रहेको इस्मा मैदानमा दशैको एकादशीका दिन परापूर्ब कालदेखी नै खेलिदै आएको ऐतिहासिक सराए नाँच जसमा पहिले पहिले पट्टा नाँच पनि निकै रमाइलो तरिकाले खेलिन्थ्यो । तर अहिले पट्टा नाँच लोप हुदै गएपनि सराए नाँच भने अझै उत्कृष्ट हुदै गएको छ । दर्शकहरु चौर भरि छरिएर सराए नाँचको अवलोकन गरिरहेका हुन्छन । सराए नाँचमा युवाहरुको उपस्थिती भए पनि सराए खेल्नेको सङ्ख्या भने कम देखिन्छ । यस क्षेत्रको पन्चेबाजा पनि यस भेग लगायत गुल्मी जिल्लामै नाम चलेको चर्चित बाजापनि हो । यहाँ इस्मा र छापा दुइ ठाँउको सराए एक आपसमा मिसिदा को दृश्य यहाँको अलि फरक तथा आकर्षक पनि छ । साथमा मौलो छुने प्रतिस्प्रधा पनि रोचक देखिन्छ । पुरा भिडियो हेर्न नभुल्नुहोला । 

 इस्मा मैदानमा दशैको एकादशीका दिन परापूर्ब कालदेखी नै खेलिदै आएको ऐतिहासिक सराए नाँच भिडियो 


Monday, December 3, 2018

Salko Pat Tapari hune - Cover Dance - At Gulmi-

गुल्मी मालिका गाउपालिका अर्जैमा बिजया दशमी तथा शुभ दिपावलिको पावन अवसरमा अर्जे साँस्कृतिक परिवारद्धारा आयोजित बृहत साँस्कृतिक कार्यक्रम तथा मालिका लोक नृत्य प्रतियोगिता जसमा राष्ट्रिय चर्चित कलाकार राम चन्द्र चन्द, सन्तोष के.सी, सन्तोष लम्साल, आशा के.सी. ,रमेश के.सी. माधब जोन खत्री लगायतका कलाकारहरुको बेजोड प्रस्तुति का साथै यि भाइ बहिनीहरुको उत्कृष्ट नृत्य प्रदशन । भिडियो हेर्नको लागी तलको लिङ्कमा क्लिक गर्नुहोला ।


Ram Chandra Live Show At Gulmi - गुल्मेली गायक रामचन्द्र चन्दको गुल्मीमा धमाका

गुल्मेली गायक रामचन्द्र चन्दको गुल्मीमा धमाका 
    मालिका गाउपालिका अर्जैमा अर्जै साँस्कृतिक परिवारले दशैको फुलपातिको दिनमा आयोजना गरेको मालिका लोक नृत्य प्रतियोगिता तथा बृहत सास्कृतिक कार्यक्रममा चर्चित राष्ट्रिय लोक गायक रामचन्द्र चन्दको प्रस्तुतिमा यसरी रमाए दर्शकहरु । र गायक सन्तोष के.सी. सन्तोष लम्साल ,माधव जोन खत्री,मोडल रमेश के.सी.,गायिका ललिता पौडेल ,सँचालक ज्ञानेन्द्र अधिकारी लगायतका कलाकारहरुले पनि नाँचेर साथ दिइरहे । चर्चित गायक रामचन्द्र चन्द ले गाएको गुल्मी हो नाम भन्ने गीत गुल्मी मा बिशेष चर्चित गीत हो । समग्र गुल्मी जिल्लाको चिनारी गीत मार्फत छर्लङ्ग पारिएकोे छ । त्यस्तै पछिल्लो समयमा देश तथा बिदेशमा  सर्बाधिक चर्चा बटुल्न सफल गीत ,दाई लाहुरे  हुदै अहिलेको अध्यारो गीत पनि साह्रै नै रुचाइएको गीत हो । त्यसो त उनका माया साह्रै छ , लगायतका थुपै गीतहरु पनि बजारमा चर्चामा आएका थिए । हेर्नुहोस र्काक्रममा केही तस्वीर अनि भिडियो । 

Malai Ghagar Ra Choli - Live Cover Dance

Malai Ghagar Ra Choli - Live Cover Dance 2075 बब्बाल प्रतियोगितात्मक डान्स

 

मालिका गाउपालिकाको अर्जै पोखराबारीमा अर्जै साँस्कृतिक समुहले राखको लोक नृत्य प्रतियोगितामा बब्बाल प्रतियोगितात्मक डान्स जुन डान्स कुनै चर्चित मोडलको भन्दा कम छैन आकर्षक मौलिक भेष भुषामा सजिएर स्थानिय प्रतिभाको यो नाँच साच्चिकै हेरिरहु लाग्ने छ । भिडियो सहित भिडियो हेरि सल्लाह सुझाब अनि मायाले सेयर गर्न पनि नभुल्नुहोला । तपाइहरुको साथले नै अगाडि बढ्न थप उर्जा दिनेछ ।
https://www.youtube.com/watch?v=g3VnVpCyDok

https://www.youtube.com/watch?v=J2hOZ6a8L6E

आहा !!! कस्तो राम्रो पन्चेबाजाको ताल उस्तै राम्रो नाँच गाउँघरको झल्को मेटाउने रमाइलो.... Nepali Local panchebaja dance video | गुल्मेलीहरुको...