Tuesday, December 4, 2018

Gulmi Isma Maidan Dasai Saraya naach Video 2075

 इस्मा मैदानमा दशैको एकादशीका दिन परापूर्ब कालदेखी नै खेलिदै आएको ऐतिहासिक सराए नाँच 
गुल्मी जिल्ला इस्मा गाउ पालिका को इस्मा दरबार कोत को फेदमा रहेको इस्मा मैदानमा दशैको एकादशीका दिन परापूर्ब कालदेखी नै खेलिदै आएको ऐतिहासिक सराए नाँच जसमा पहिले पहिले पट्टा नाँच पनि निकै रमाइलो तरिकाले खेलिन्थ्यो । तर अहिले पट्टा नाँच लोप हुदै गएपनि सराए नाँच भने अझै उत्कृष्ट हुदै गएको छ । दर्शकहरु चौर भरि छरिएर सराए नाँचको अवलोकन गरिरहेका हुन्छन । सराए नाँचमा युवाहरुको उपस्थिती भए पनि सराए खेल्नेको सङ्ख्या भने कम देखिन्छ । यस क्षेत्रको पन्चेबाजा पनि यस भेग लगायत गुल्मी जिल्लामै नाम चलेको चर्चित बाजापनि हो । यहाँ इस्मा र छापा दुइ ठाँउको सराए एक आपसमा मिसिदा को दृश्य यहाँको अलि फरक तथा आकर्षक पनि छ । साथमा मौलो छुने प्रतिस्प्रधा पनि रोचक देखिन्छ । पुरा भिडियो हेर्न नभुल्नुहोला । 

 इस्मा मैदानमा दशैको एकादशीका दिन परापूर्ब कालदेखी नै खेलिदै आएको ऐतिहासिक सराए नाँच भिडियो 


No comments:

Post a Comment

गोवर्धन पूजाको महत्व र गोवर्धन पूजा गर्ने विधि (Puja Vidhi)

  🌼 गोवर्धन पूजाको महत्व   र  गोवर्धन पूजा गर्ने विधि (Puja Vidhi) गोवर्धन पूजा तिहारको चौथो दिन मनाइन्छ । यो दिन भगवान् श्रीकृष्णले गोवर...