Friday, February 14, 2025


Nepali male & female Couple Dance in Panchebaja

गुल्मी बाङ्गेको पन्चेबाजाको तालमा यो जोडीको बबाल डान्स । एकपटक हर्नेपर्ने भिडियो । भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=B08xuHUaGUg

लोकल पन्चेबाजाका थप नया भिडियोहरु हेर्नका लागी यहाँ क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=sZHY-M6Ik4Q&list=PL2MXv9yx9NLFZz7HXTIxoFP37qWquUObL


New nepali panchebaja dance video Local panchebaja dance video Gulmeli panchebaja dance video Naumati panchebaja dance video nepali female Dance in pancehbaja Nepali male & female Couple dance in Panchebaja Gulmi Ismali panchebaja Ismali panchebaja dance video Local panchebaja video Gulmi ismali local panchebaja Gulmeli nani ko dance Gulmele cheli ko dance Dance video in panchebaja Panchebaja Live dance Pancheabaja Jodi dance One Leg dance in panchebaja Laxman Mahat dance One leg Dancer Laxman mahat dance in panchebaja नौमती बाजाताल गुल्मेली पन्चेबाजा Gulmeli panchebaja dance Live Panchebaja dance video नेपाली पन्चेबाजा डान्स भिडियो । गुल्मी इस्माली पन्चेबाजा डान्स भिडियो बाजातालको डान्स

Saturday, February 1, 2025

                                                       


                                                            

गाउघरको मौलिक पन्चेबाजा 

 पन्चेबाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेला जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा (आजा आदी  खुशीयाली को कार्यक्रम अनि कुनै बिशेष ब्याक्तिलाई सम्मान गर्दा कुनै चिजको उद्घाटन गर्दा बजाउने गरिन्छ । पन्चेबाजाको तालमा पुराना मौलिक गीतका भाकाहरुमा गाउदै, बजाउदै, नाँच्दै रमाइलो गर्ने गरिन्छ । पन्चेबाजा भित्र १) दमाहा, २)ढोलकी ३) झ्याली, ४) नरसिङ्ग, ५)सहनाई पर्दछन । 

         प्राय नाच्न जान्ने मानिसहरु पन्चेबाजा बजिसकेपछि नाच्नको लागी तम्तयार भएका हुन्छन । त्यसो त पन्चेबाजाको तालले नाच्नै नजानेकोलाई पनि नाँच्ने गराउदछ । पहिले पहिले प्राय पन्चेबाजा बजाउने समुहहरु दमाई (दर्जी, गाइने अन्य सिमीत समुदाय का हुने गरेको पाइन्थ्यो । अहिले पन्चेबाजा धेरै समुह तथा जात जातीले ब्यवसायिक रुपमा बजाउने तथा सिक्दै गरेका छन । त्यसो त स्थानीय तह हरुले पनि यसलाई बिस्तार गर्न तथा जोगाउन लागी परेका छन । गुल्मीका बिभिन्न गाउपालिका हरुले तालिमको ब्यवस्था गरि महिला तथा बिभिन्न समुदायलाई पनि यो पेशा तथा पन्चेबाजा समुहमा जोडिरहेका छन । पन्चेबाजा हाम्रो परम्परागत धार्मिक, कला संस्कृती र हाम्रो पहिचान हो । तर आजकल प्राय बजारका बिवाह तथा बिभिन्न शुभ कार्यहरु मा प्रयोग हुने पन्चेबाजा का धुनहरु कम सुनिन थालेका छन । पन्चेबाजा बजाएपछि प्राय मानिसलाई आनन्द आउछ, रमाइलो लाग्छ । आजकल चर्को साउण्ड सिस्टमको प्रयोग बढ्दै गएको छ । एउटा स्पीकर मा एउटा पेन्ड्राइभ जोडेपछि रातभर गीत बजाउन पाइयो भन्ने पनि छन । तर हामीले पनि पन्चेबाजाको प्रयोग नगरे कस्ले गर्ने कसले जोगाउने कसरी जोगिने यसबारे पनि हामीले सोच्नुपर्छ । त्यसो त पन्चेबाजा बजाउने टिमले पनि कहि कै अलि बढि मदिरा को माग गर्ने ताल भन्दा बेताल को बजाउने बिवाद सिर्जना गर्ने गरेको पनि पाइन्छ । यो समस्या लाई पन्चेबाजा समुहले सुधार्नुपर्ने देखिन्छ । र अबका दिनहरुमा पन्चेबाजा समुहहरुले नयाँ नया चलेका नेपाली मौलिक लोक गीतहरुको ताल लाई पन्चेबाजामा ल्याउन सिक्नु पर्छ । स्थानीय तहहरुले पनि पन्चेबाजा समुहको लागी बाजा तथा तालिमहरुको ब्यवस्था गरिदिनुपर्छ । 

हाम्रो तिर हुने मेला महोत्सबहरु र सरकारी बिभिन्न कार्यक्रमहरुमा पनि पन्चेबाजाको प्रयोग बढाउनु पर्छ । तब हाम्रो पराम्परागत पन्चेबाजाको प्रचार प्रसार तथा संरक्षण हुन्छ । 

गुल्मी मालिका गाउपालिका ६ अर्जै पन्चेबाजा समुहको यो भिडियो 

https://www.youtube.com/watch?v=6g559rgoIME


 गुल्मी इस्मा गाउपालिका इस्माली पन्चेबाजा समुहको भिडियो ।

https://www.youtube.com/watch?v=bzJBbWA-ZIg


समग्र गुल्मी जिल्लका पन्चेबाजाहरु को ( भिडियो प्ले लिष्ट ) Video PlayList 

https://www.youtube.com/watch?v=sZHY-M6Ik4Q&list=PL2MXv9yx9NLFZz7HXTIxoFP37qWquUObL 





Nepali male & female Couple Dance in Panchebaja गुल्मी बाङ्गेको पन्चेबाजाको तालमा यो जोडीको बबाल डान्स । एकपटक हर्नेपर्ने भिडियो । भिडिय...