Tuesday, October 21, 2025

गोवर्धन पूजाको महत्व र गोवर्धन पूजा गर्ने विधि (Puja Vidhi)

 

🌼 गोवर्धन पूजाको महत्व  र गोवर्धन पूजा गर्ने विधि (Puja Vidhi)









गोवर्धन पूजा तिहारको चौथो दिन मनाइन्छ ।
यो दिन भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर ब्रजवासीहरूको रक्षा गरेको सम्झनामा मनाइन्छ ।

मुख्य उद्देश्य:

  • प्रकृति, गाई, खेतबारी र अन्नप्रति आभार व्यक्त गर्ने दिन हो।

  • कृषक जीवन र पशुपालनसँग जोडिएको यो पर्वले "प्रकृतिप्रति सम्मान" र "गाउँको उत्पादनप्रति गर्व" प्रकट गर्छ।

  • यस दिन गाई, बाच्छा र गोरुलाई सजाएर पूजिन्छ, गोबरबाट "गोवर्धन पर्वत" बनाइन्छ।

पौराणिक कथा अनुसार:
इन्द्रदेवले ब्रजमा वर्षा गरेर बाढी ल्याएपछि श्रीकृष्णले आफ्नो कान्छो औंलाले गोवर्धन पर्वत उठाई सबै जनावर र मानिसको रक्षा गरे।
त्यसपछि इन्द्रदेवले गल्ती स्वीकार गरी कृष्णको स्तुति गरे।





🪔 गोवर्धन पूजा गर्ने विधि (Puja Vidhi)

  1. स्थान सफा गर्नुहोस्:
    बिहानै घर र आँगन सफा गरी गाईगोठ र वरिपरि पानी छर्केर शुद्ध पारिन्छ।

  2. गोवर्धन पर्वत बनाउने:
    गोबरबाट सानो डल्लो वा पहाडजस्तो आकृति बनाइन्छ, जसलाई "गोवर्धन पर्वत" भनिन्छ।
    यसमा घाँस, फूल, माला, दियो, अन्न र दूध चढाइन्छ।

  3. गाई र गोरूको पूजा:

    • गाई, बाच्छा र गोरूलाई नुहाइ–धुवाइ गरिन्छ।

    • तिलक, फूलमाला र रोटी, फलफूल चढाइन्छ।

    • गाईको पूजा गर्दा “गऊ माता” लाई सम्मान गरिन्छ।

  4. गोवर्धनको पूजा:

    • दियो बालेर गोवर्धन पर्वतको पूजा गरिन्छ।

    • दूध, दही, घ्यू, चामल, फूल र अक्षता अर्पण गरिन्छ।

    • “श्रीकृष्ण गोवर्धन धारणम्” मन्त्र उच्चारण गरी आरती गरिन्छ।

  5. भोग र प्रसाद:

    • रोटी, खीर, दही, मिठाई आदि प्रसाद तयार पारिन्छ।

    • पूजा पछि सबै परिवारले प्रसाद ग्रहण गर्छन्।













गोवर्धन पूजा हाम्रो संस्कृति र कृषिप्रधान जीवनशैलीसँग जोडिएको पर्व हो ।

यसले गाई, प्रकृति र श्रमप्रति कृतज्ञता व्यक्त गर्छ र भगवान् श्रीकृष्णको संरक्षण भावनालाई सम्झाउँछ ।

गुल्मी रेसुङ्गा गौशालामा गरिएको गोवर्धन पुजा को महत्व पुजा गर्ने बिधी बिशेष एक भिडियो । 

भिडियो हेर्न यहा क्लिक गर्नुहोला 

https://www.youtube.com/watch?v=MPnOzzlsLsg





Thursday, August 28, 2025

मौलिक तीज भाकामा गुल्मेली चेलीहरूको आकर्षक नृत्य

 

मौलिक तीज भाकामा गुल्मेली चेलीहरूको आकर्षक नृत्य










तीज नेपालको एक महत्वपूर्ण पर्व हो जसले महिलाहरूको खुशी, भक्ति र सांस्कृतिक झल्को प्रस्तुत गर्छ। विशेषगरी गाउँघरमा तीजको रमाइलो अझै फरक र मौलिक देखिन्छ। यसै क्रममा गुल्मीका चेलीहरूले प्रस्तुत गरेको आकर्षक नृत्यले सबैको ध्यान तानेको छ।

🎶 नृत्यको विशेषता

  • मौलिक तीज गीतमा आधारित

  • गाउँघरको वास्तविक संस्कार र परम्परागत पोशाक

  • खुशी, रमाइलो र सामूहिक सहभागिता

  • सबै उमेरका महिलाहरूको उत्साहपूर्ण प्रस्तुति

यो नृत्य हेर्दा लाग्छ—तीज केवल गीत वा नृत्य मात्र नभई हाम्रो संस्कृतिको आत्मा हो।

📍 गुल्मीमा तीजको माहोल

गुल्मी जिल्लामा तीजको रमाइलो विशेष नै हुन्छ। गाउँघरमा चेलीबेटीहरू भेला भई समूहगत नाचगान गर्छन्। ढोल, मादल र मौलिक भाकाले वातावरण नै परिवर्तित हुन्छ। यसरी प्रस्तुत नृत्यले संस्कृतिलाई जगेर्ना गर्नुका साथै नयाँ पुस्तालाई मौलिकता सिकाउने कार्य गर्छ।

👉 भिडियो हेर्नुहोस्

"आहा ! यस्तो पो नाच" भन्ने भावनासहित प्रस्तुत गरिएको भिडियोले हजारौं दर्शकलाई आकर्षित गरेको छ।
🎥 YouTube मा हेर्न यहाँ क्लिक गर्नुहोस्


Friday, February 14, 2025


Nepali male & female Couple Dance in Panchebaja

गुल्मी बाङ्गेको पन्चेबाजाको तालमा यो जोडीको बबाल डान्स । एकपटक हर्नेपर्ने भिडियो । भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=B08xuHUaGUg

लोकल पन्चेबाजाका थप नया भिडियोहरु हेर्नका लागी यहाँ क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=sZHY-M6Ik4Q&list=PL2MXv9yx9NLFZz7HXTIxoFP37qWquUObL


New nepali panchebaja dance video Local panchebaja dance video Gulmeli panchebaja dance video Naumati panchebaja dance video nepali female Dance in pancehbaja Nepali male & female Couple dance in Panchebaja Gulmi Ismali panchebaja Ismali panchebaja dance video Local panchebaja video Gulmi ismali local panchebaja Gulmeli nani ko dance Gulmele cheli ko dance Dance video in panchebaja Panchebaja Live dance Pancheabaja Jodi dance One Leg dance in panchebaja Laxman Mahat dance One leg Dancer Laxman mahat dance in panchebaja नौमती बाजाताल गुल्मेली पन्चेबाजा Gulmeli panchebaja dance Live Panchebaja dance video नेपाली पन्चेबाजा डान्स भिडियो । गुल्मी इस्माली पन्चेबाजा डान्स भिडियो बाजातालको डान्स

Saturday, February 1, 2025

                                                       


                                                            

गाउघरको मौलिक पन्चेबाजा 

 पन्चेबाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेला जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा (आजा आदी  खुशीयाली को कार्यक्रम अनि कुनै बिशेष ब्याक्तिलाई सम्मान गर्दा कुनै चिजको उद्घाटन गर्दा बजाउने गरिन्छ । पन्चेबाजाको तालमा पुराना मौलिक गीतका भाकाहरुमा गाउदै, बजाउदै, नाँच्दै रमाइलो गर्ने गरिन्छ । पन्चेबाजा भित्र १) दमाहा, २)ढोलकी ३) झ्याली, ४) नरसिङ्ग, ५)सहनाई पर्दछन । 

         प्राय नाच्न जान्ने मानिसहरु पन्चेबाजा बजिसकेपछि नाच्नको लागी तम्तयार भएका हुन्छन । त्यसो त पन्चेबाजाको तालले नाच्नै नजानेकोलाई पनि नाँच्ने गराउदछ । पहिले पहिले प्राय पन्चेबाजा बजाउने समुहहरु दमाई (दर्जी, गाइने अन्य सिमीत समुदाय का हुने गरेको पाइन्थ्यो । अहिले पन्चेबाजा धेरै समुह तथा जात जातीले ब्यवसायिक रुपमा बजाउने तथा सिक्दै गरेका छन । त्यसो त स्थानीय तह हरुले पनि यसलाई बिस्तार गर्न तथा जोगाउन लागी परेका छन । गुल्मीका बिभिन्न गाउपालिका हरुले तालिमको ब्यवस्था गरि महिला तथा बिभिन्न समुदायलाई पनि यो पेशा तथा पन्चेबाजा समुहमा जोडिरहेका छन । पन्चेबाजा हाम्रो परम्परागत धार्मिक, कला संस्कृती र हाम्रो पहिचान हो । तर आजकल प्राय बजारका बिवाह तथा बिभिन्न शुभ कार्यहरु मा प्रयोग हुने पन्चेबाजा का धुनहरु कम सुनिन थालेका छन । पन्चेबाजा बजाएपछि प्राय मानिसलाई आनन्द आउछ, रमाइलो लाग्छ । आजकल चर्को साउण्ड सिस्टमको प्रयोग बढ्दै गएको छ । एउटा स्पीकर मा एउटा पेन्ड्राइभ जोडेपछि रातभर गीत बजाउन पाइयो भन्ने पनि छन । तर हामीले पनि पन्चेबाजाको प्रयोग नगरे कस्ले गर्ने कसले जोगाउने कसरी जोगिने यसबारे पनि हामीले सोच्नुपर्छ । त्यसो त पन्चेबाजा बजाउने टिमले पनि कहि कै अलि बढि मदिरा को माग गर्ने ताल भन्दा बेताल को बजाउने बिवाद सिर्जना गर्ने गरेको पनि पाइन्छ । यो समस्या लाई पन्चेबाजा समुहले सुधार्नुपर्ने देखिन्छ । र अबका दिनहरुमा पन्चेबाजा समुहहरुले नयाँ नया चलेका नेपाली मौलिक लोक गीतहरुको ताल लाई पन्चेबाजामा ल्याउन सिक्नु पर्छ । स्थानीय तहहरुले पनि पन्चेबाजा समुहको लागी बाजा तथा तालिमहरुको ब्यवस्था गरिदिनुपर्छ । 

हाम्रो तिर हुने मेला महोत्सबहरु र सरकारी बिभिन्न कार्यक्रमहरुमा पनि पन्चेबाजाको प्रयोग बढाउनु पर्छ । तब हाम्रो पराम्परागत पन्चेबाजाको प्रचार प्रसार तथा संरक्षण हुन्छ । 

गुल्मी मालिका गाउपालिका ६ अर्जै पन्चेबाजा समुहको यो भिडियो 

https://www.youtube.com/watch?v=6g559rgoIME


 गुल्मी इस्मा गाउपालिका इस्माली पन्चेबाजा समुहको भिडियो ।

https://www.youtube.com/watch?v=bzJBbWA-ZIg


समग्र गुल्मी जिल्लका पन्चेबाजाहरु को ( भिडियो प्ले लिष्ट ) Video PlayList 

https://www.youtube.com/watch?v=sZHY-M6Ik4Q&list=PL2MXv9yx9NLFZz7HXTIxoFP37qWquUObL 





Thursday, September 12, 2024


 प्राकृतिक सुन्दरताले भरिपूर्ण ऐतिहासिक गौरवमय, शक्तिशाली इस्माकोत दरबार 

Our Beutiful City Gulmi Isma Rural Municipality 5 

Photo fitcher  फोटो फिचर 


पुरानो ऐतिहासिक इस्माकोत दरबार 


२२ से २४ राज्य मध्यको एक शक्तिशाली राज्य इस्मा यहाँका आकर्षक दृश्यहरु 



इस्माकोत को ठीक अगाडीको संरक्षित माइकास्थान बन 



इस्माकोत बाट देखिने चैँया गाँउ 


मनमोहक हरियाली घाँसे मैदान तथा दोहोली को दृश्य





मनमोहक इस्माकोत दरबार  Ismakot Darbar 




इस्माकोतको काखमा रहेको इस्मा मैदान बजार Isma Maidan Bazar 




यहाँबाट देखिने आकर्षक हिमश्रृङ्खलाहरु 


बिजया दशमीको अर्को दिन एकदशीको दिन इस्मा मैदानमा खेलिने परम्परागत ऐेतिहासिक सराए नाँच 






बिजया दशमीको अर्को दिन एकदशीको दिन इस्मा मैदानमा खेलिने परम्परागत ऐेतिहासिक सराए नाँच 



Video By Dhanendra Khatri & Toplal Aryal 



Thursday, December 1, 2022

https://www.youtube.com/watch?v=J2hOZ6a8L6E

आहा !!! कस्तो राम्रो पन्चेबाजाको ताल उस्तै राम्रो नाँच गाउँघरको झल्को मेटाउने रमाइलो.... Nepali Local panchebaja dance video | गुल्मेलीहरुको जोसिँलो नाँच Sirful Siraiko... Gulmi Tirai ko ...

आहा कस्तो राम्रो पन्चेबाजाको ताल उस्तै राम्रो नाँच गाउँघरको झल्को मेटाउने रमाइलो.... बिश्वकै सुन्दर प्राकृतिक सम्पदा , साँस्कृतिक सम्पदाहरुको धनि नेपाल जहाँ बिभिन्न कला सँस्कृति , आ– आफ्नै भेष भुष तथा चाल चलन रितिरीबाजहरु छन । जसमध्ये हिन्दुहरुको बिवाहको बेला तथा पुजा आजा , धार्भिक अनुस्ठान तथा हर्ष बडाइ बिभिन्न समुदायका लाखे नाँच , नेवारी समुदाय ताथ अन्य समुदायहरुमा पनि खुशियालीको बेलामा बजाइने स्थानिय मौलिक बाजाहरुको ताल पन्चेबाजा हो । जसमा सहनाई , बाजा, टेम्कुडी ,डोलकी, धोउकुरी बाजाहरु हुन्छन य िबाजाहरुको एकसाथ बजेमा पन्चेबाजाको ताल हुन्छ । नेपाली लोक गतिहरु ,मौलिक भाकाहरुमा पन्चेबाजाको धुन निकै लोकप्रिय मानिन्छ । पन्चेबाजाको ताल बजे पछि नाच्नै नजान्ने लाइ पनि नाँच्न मन लाग्छ । बाजातालको तालमा बच्चा देखी बुढापाकाहरु धोको फेरेर नाँच्ने गर्दछन । बाजाताल नेपालमा परम्परागत रुपमा प्रख्यात रहिआएको छ । अब हेरौ नेपाली पहाडी भेगको पन्चेबाजाको रमाइलो नाँच



Clcik her for Video






Monday, April 8, 2019

Tuesday, March 12, 2019

Wednesday, January 16, 2019

माघे संक्रान्ति रिडि मेलामा एक खुट्टाले नाँच्ने रोमा न्यौपाने को धमाका - One Leg Dancer Dhamaka In Ridi Mela


One Leg Dancer Roma Neupane - Babal Stage Cover Dance in Maghe Sakranti ridi mela
एउटा खुट्टा हिड्न त सकिदैन तर रोमा यसरी छमछमी नाँच्दा मेहनत गरे असम्भव केहि छैन भन्ने सावित हुन्छ ।

माघे संक्रान्ति रिडि मेलामा एक खुट्टाले नाँच्ने रोमा न्यौपाने को नाँच देखेर जो कोही पनि अचम्म पर्छन । दुइओटौ खुट्टा सवल हुने पनि यति राम्रो डान्स गर्न मुस्किल हुन्छ ।


चर्चित नेपाली चेली One Leg Dancer Roma Neupane को सम्मान स्वरुप यो भिडियो हेरी एक सेयर गर्न नभुल्नुहोला । भिडियो हेर्नको लागी तलको लिङ्कमा क्लिक गर्नुहोला । 

Tuesday, January 15, 2019

Maghe Sakranti Mela Gulmi Ridi - गुल्मीको रिडीमा माघे संक्रान्ती मेला मेलामा श्रद्धालु भक्तजनको घुइँचो ।

गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल गुल्मीको रिडीमा माघे संक्रान्ती मेला मेलामा श्रद्धालु भक्तजनको घुइँचो 
 गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल गुल्मीको रिडीमा माघे संक्रान्ती मेला लागेको छ । मेलामा श्रद्धालु भक्तजनको घुइँचो छ। माघे संक्रान्तिदेखि तीन दिनसम्म रिडीस्थित कालीगण्डकी नदीमा नुहाएर ऋषिकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । साथै देव ऋण, पितृ ऋण तिरिने र पाप नष्ट हुने बताइन्छ ।
रुरु क्षेत्र पनि भनिने रिडीमा प्राचिन समयमा देवऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । माघे संक्रान्तिको अवसरमा रिडीमा लाग्ने ठूलो मेला पाँच दिनसम्म चल्छ । मेलामा विशेषगरी कम्बल, राडी पाखी, बाँस तथा चोयाबाट निर्मित सामग्रीहरु, ओखरका घाँजी लगायतकाको राम्रो व्यापार हुने गर्दछ । रिडीमा बिभिन्न सामाग्री बिक्रीका लागि १ सय ३० वटा स्टल निर्माण गरिएको छ । मेलामा सांस्कृतिक कार्यक्रम पनि आयोजना हुन्छ ।
रुरुस्थित रुरु फ्रेण्ड क्लब, रुरु गाउँपालिकालगायत तीन जिल्लाका बिभिन्न संघ संस्थाले यस क्षेत्रमा लाग्ने मेलाको आयोजना तथा व्यवस्थित रुपमा कार्यक्रमहरु गर्दै आएका छन् । व्यापार तथा धार्मिक पर्यटनका लागि व्यापारीहरु रुकुम, रोल्पालगायतका ठाउँबाट रिडी आउने गर्दछन् ।
मन्दिर तथा मेला व्यवस्थापन समितिले टाढाटाढाबाट आउने दर्शनार्थीहरुका लागि निःशुल्क खानपानको व्यवस्था मिलाएको छ । ऐतिहासिक क्षेत्र रिडीमा माघे संक्रान्ती, एकादशी, साउने संक्रान्ती, कृष्ण अष्ठमीलगायतका पर्वहरुमा पनि मेला लाग्ने गर्दछ ।
माघे संक्रान्तिको अवसरमा गुल्मीका सेतीवेणी, रुद्रावेणी, लेक पोखरा, छापहिले, छल्दी लगायतका स्थानमा पनि मेला लाग्ने गर्दछ । पुरा भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोला।
माघे संक्रन्ति रिडी मेलाका केही तस्विरहरु










Monday, January 7, 2019

चर्चित गीत यानीमाया दुरुस्तै स्वरमा गाए गुल्मेली गायक Sanjaya Bc ले Resunga Music Group को Studio मा

Sanjaya Bc Live Voice गुल्मेली गायक संजय बि.सी का               गीतहरु साथमा सुपरहिट यानीमाया गीत




भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोला ।



रवि लामिछानेलाई खुल्ला मञ्चमा ल्याएर फासी दिइयोस - नायिका श्वेता खड्का

रवि लामिछानेलाई खुल्ला मञ्चमा ल्याएर फासी दिइयोस : नायिका श्वेता खड्का

आखिर किन भनिन त नायिका श्वेता खड्काले रवि लामिछानेलाइ यस्तो जान्नका लागी तलको भिडियो हेर्न नभुल्नुहोला 



Sunday, January 6, 2019

गायिका विष्णु माझी स्याङ्जा प्रहरी कार्यालयमा, ११ वर्षपछि भेटे बाबुले छोरी

चर्चित गायिका बिष्णु माझीले के भनिन त स्याङ्जा प्रहरी कार्यालयमा ? 


कान्तिपुरले माझी गुमनाम रहेको समाचार प्रकाशित गरेपछि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन्।

विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आइन्। एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए।‘सुन्दरमणिलाई बिहीबार फोन गरेको थिएँ’ एसपी लम्सालले भने, ‘विष्णुजी आउनुहुन्छ कि तपाईँले ल्याउनुहुन्छ? यदि तपाईँले नल्याए हामीले ल्याउनु पर्ने हुन्छ भनेको थिएँ। सुन्दरमणिले शुक्रबार र शनिबार व्यस्त भएकाले आइतबार आउने वचन दिएका थिए, आए।' कान्तिपुरले समाचारमा विष्णु गुमनाम रहेको र बाबुसँग पनि ११ वर्षदेखि भेट नभएको उल्लेख गरेको थियो। कतिपय सञ्चारमाध्यमले सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए।

विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए। सुन्दरमणिसँगै बसेका विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिने गरेको बताइएको छ।

त्यहाँ आउनुअघि नै मिडियासँग कुरा नगर्ने बताएकाले मिडियालाई भने छलफलमा सहभागी गराइएको थिएन। छलफलका क्रममा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताएका थिए। एसपी लम्सालले भने, ‘विष्णुजी त्यति खुल्नु भएन। गाउँले भाषामा नै केही थोरै जवाफ मात्र दिनुभयो। सुन्दरमणिले भने अन्तरजातीय विवाहमा छुटाउन खोजेकाले गुमनाम जस्तै हुनुपरेको बताउनुभयो।’

विदेश यात्रामा किन नगएको भन्ने प्रश्नमा सुन्दरमणिले विष्णुलाई मात्र विदेश यात्राको अफर आउने र आफूलाई पनि लैजाऊ भन्दा नलग्ने भएकाले नगएको बताएका थिए। 'कतिपयले त विष्णुलाई मात्र अमेरिका लैजान्छु भने, मैले विष्णुसँग म पनि जान खोजेँ। लैजाने भए दुवै जनालाई लैजाऊ भने तर, मलाई कसैले लैजान खोजेनन्। उनी सामान्य लेखपढ गरेकी केटी हुन्। बोल्न जान्दिनन्। लेख्न, पढ्न पनि जान्दिनन्। बाहिर फेस गर्न नसक्ने भएकाले म सँगै जान खोजेको थिएँ। र, एक्लै पठाइनँ’ सुन्दरमणिको भनाइउद्धृत गर्दै एसपी लम्सालले भने।
भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोला ।




Salko patko tapari huni-घम्सा घम्सी लाइभ दोहोरी।Dohori Hari Khatri Vs ishmarika Kc ,Ganesh Adhikari

Salko patko tapari huni-घम्सा घम्सी लाइभ दोहोरी
सिद्धार्थ डिजिटलका लागी रेसुङ्गा म्यजिक ग्रुपको प्रस्तुति Salko patko tapari huni-घम्सा घम्सी लाइभ दोहोरी।Dohori Hari Khatri Vs ishmarika Kc ,Ganesh Adhikari को लाइभ दोहोरी तपाइलाई यो दोहोरी कस्तो लाग्छ एकपटक हेरेर प्रतित्रिया जनाउन नभुल्नुहोला । थप अझै उत्कृष्ट लाइभ दोहोरी भिडियो हरु हेर्नको लागी YouTube मा गइ Siddhanrtha Digital सर्च गरि हेर्न नभुल्नुहोला यदि तपाइहरुलाइ हाम्रो कार्य तथा हाम्रा भिडियोहरु मन परे भने गर्न Subscribe नभुल्नुहोला ।रेसुङ्गा म्युजिक ग्रुपको स्टुडियोमा चर्चित गीत सालको पात टपरी हुनी बोलको गीतमा गुल्मेली कलाकारहरुको घम्सा घम्सी लाइभ दोहोरी ।
कलाकारहरु :-
Hari Katri ,Ishmarika Kc ,Ganesh Adhikari ,Laxmi Bohora ,Dhanendra Khatri
Harmoniyam :- Ganesh Adhikari ,Madal :- Biru muskan, Sarangi:- Db Resmi,Camera :- Govinda Basnet,Video editing :- Dhanendra Khatri,Studio :- Ruesunga Music Group
Contact :- Dhanendra Khatri 9847415460,9857075460 Teku Bc ,Biru muskan ,Yougesh Shrees


भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोला ।

Sunday, December 9, 2018

यसरी गरियो रेसुङ्गा म्युजिक गु्रप को उद्घाटन - Bima Kumari Dura - ले गाएको निकै पुरानो भाकामा- इस्मा दरबारकोट बोलको गीत गाए Dhanendra Khatri ले

  रेसुङ्गा म्युजिक गु्रप को उद्घाटन

       कला सस्कृतिको संरक्षण ,सम्मान नव प्रतिभाको पहिचान भन्ने मुल नाराका साथ कला गलाको संरक्षण तथा सम्मान गर्ने गायन,कमेडि, डान्स र बाद्यबादनको क्षेत्रमा कला भएका बिशेष प्रतिभाहरुलाई राष्ट्रिय स्तरमा पुर्याउन सघाउने उद्धेश्यले संचालित रेसुङ्गा म्युजिक गु्रप को उद्घाटन चर्चित लोक तथा दोहोरी गायक ÷सर्जक गणेश अधिकारी को हात बाट गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाहरुको प्रस्तुति रहेको थियो । कार्यक्रमा लाइभ दोहोरी ,एकल प्रस्तुति पनि थियो । यो टिममा धनेन्द्र खत्री,टेकु बि.सी., बिरु मुस्कान, योगेश श्रीसको सहकार्यमा खोलिएको हो । पहिलो दिनको यो पहलिो भिडियो । तपाइहरुलाई यो प्रयास कस्तो लाग्छ जस्तो लाग्छ । त्यस्तै कमेन्ट गर्नुहोला यो भिडियोमा इस्मा दरबारकोत र इस्मा मैदान सेरोफेरोका आकर्षक दृश्यहरु पनि समाबेश गरिएको छ एकपटक हेर्न नभुल्नुहोला ।
कार्यक्रमका केही तस्बिरहरु



गोवर्धन पूजाको महत्व र गोवर्धन पूजा गर्ने विधि (Puja Vidhi)

  🌼 गोवर्धन पूजाको महत्व   र  गोवर्धन पूजा गर्ने विधि (Puja Vidhi) गोवर्धन पूजा तिहारको चौथो दिन मनाइन्छ । यो दिन भगवान् श्रीकृष्णले गोवर...